एनआईसी एशिया बैंकले विभिन्न स्थानमा रहेको घरजग्गा बेच्दै
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेको घरजग्गा बेच्न लागेको छ । बैंकको कर्जा असुली विभागले विभिन्न स्थानमा रहेको १७० वटा घरजग्गा बेच्न लागेको हो ।
बैंकले झापा, नुवाकोट, नवलपरासी, चितवन, काठमाडौँ, दोलखा, ललितपुर, धनुषा, मोरङ र मकवानपुर जिल्लामा रहेको गैरबैंकिङ सम्पत्ति लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
बैंकको सम्पत्ति खरिद गर्न चाहने व्यक्तिले मंसिर ६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
Source : https://arthasarokar.com/2024/11/nic-asia-bank-selling-real-estate-in-various-locations.html