एनएमबि बैंकले आफ्नो नाममा रहेको गैरबैंकिङ सम्पत्ति बेच्दै

काठमाडौँ । एनएमबि बैंकले आफ्नो नाममा रहेको गैरबैंकिङ सम्पत्ति बेच्न लागेको छ । बैंकले देशभरका ५ जिल्लाको १४ स्थानमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो ।

बैंकले सुनसरी, मोरङ, सिराहा, दैलेख र रुपन्देहीमा बैंकको नाममा रहेका घरजग्गा लिलामीमार्फत बिक्री गर्न लागेको छ ।

बैंकको उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र पेश गर्न सक्नेछन् ।

Source : https://arthasarokar.com/2024/11/nmb-bank-selling-non-banking-assets-in-its-name.html



Related Posts