कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइँदै

काठमाडौँ ।

 पक्राउ परेका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीलाई काठमाडौँ ल्याइँदै छ । 

आइतबार विराटनगरस्थित उनकै निवासबाट पक्राउ गरिएका अधिकारीलाई अहिले विमानबाट काठमाडौँ ल्याइँदै छ । 

अधिकारीलाई मानव तस्करीसहित किर्ते गरेको आरोपमा काठमाडौँ प्रहरी परिसर अनुसन्धान गरिरहेको छ ।  

अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो । उनलाई मानव तस्करीको आशंकामा जापान जानेक्रममा टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो । 

अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले काठमाडौँ फर्किनेक्रममा विमानस्थलबाट पक्राउ गरको थियो  उनीहरुले मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलासा भएको छ । 

मानव तस्करीको आरोप लागेपछि शनिबार एमालेले अधिकारीलाई छानबिन गर्न माग गर्दै उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

Source : https://newsofnepal.com/2024/11/10/677401/