घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता

काठमाण्डाै – अस्ट्रेलियासँगको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल सकिँदा भारत बलियो अवस्थामा छ । दोस्रो दिनको खेल सकिँदा भारतले एक विकेट पनि नगुमाई एक सय ७२ रन बनाएको छ । भारतका यशस्वी जयसवाल ९० रन र केएल राहुल ६२ रन बनाउँदै क्रिजमा छन् । योसँगै भारतले घरेलु टोली अस्ट्रेलियामाथि २ सय १८ रनको अग्रता लिएको छ । यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा १ सय ५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले ४ विकेट लिए । यस्तै अस्ट्रेलिया पह...

Source : https://ujyaaloonline.com/story/109174/2024/11/23/india-lead-by-218-runs-against-australia