तनहुँको व्यास नगरपालिकाका एक सय आठ जना दीर्घरोगीलाई आर्थिक सहयोग

तनहुँ – तनहुँको व्यास नगरपालिकाले एक सय आठ जना दीर्घरोगीलाई पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । क्यान्सर, मुटुरोग, मिर्गौला फेल भएका, कलेजो प्रत्यारोपण गरेका बिरामीलाई आर्थिक सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ३४ जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । त्यसैगरी विपन्न नागरिक, क्यान्सर, मुटुरोगी, मिर्गौला फेल भएका ३२ जनालाई उपचारका लागि सम्बन्धित निकायमा सिफारिश गरिएको छ । त्यस्तै ग...

Source : https://ujyaaloonline.com/story/109163/2024/11/23/financial-assistance-to-108-chronically-ill-people