तोलामै १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १५ सय  रुपैयाँले बढेर एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला २१०५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४४ हजार ४ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १८०५ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Source : https://arthasarokar.com/2024/10/gold-237.html



Related Posts