थपिए रातो पासपोर्टधारी, एआईजी र सेनाका जर्नेल लाभान्वित

काठमाडौं – रातो पासपोर्टबाट बन्चित हुँदै आएका सुरक्षाकर्मीले अब त्यस्तो सुविधा पाउने भएका छन् । सरकारले राहदानी नियमावली संशोधन गर्दै नेपाली सेनाका दुई तारे जर्नेलसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एआइजी दर्जाका कर्मचारीलाई समेत रातो पासपोर्ट दिने निर्णय गरेको हो ।

क्याबिनेट बैठकले गरेको यो निर्णयपछि दुई दर्जन बढी जर्नेल, नेपाल प्रहरीका सात र सशस्त्रका तीन जना एआइजीले रातो पासपोर्टमा विदेश उड्न पाउने भएका छन् । एआइजीहरुले पहिलेबाटै पाउँदै आएको यो सुबिधा बीचमा काटिएको र अफिसियल राहदानी (नीलो पासपोर्ट) दिने गरिएको थियो ।

जनप्रतिनिधितर्फ जिल्ला समन्वय समिति प्रमुखदेखि महानगरका मेयरसम्मले रातो पासपोर्ट पाउँदा यो सुविधा विशिष्ट श्रेणीको सुरक्षाकर्मीलाई नदिइएको भन्दै फौजभित्र असन्तुष्टि थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post थपिए रातो पासपोर्टधारी, एआईजी र सेनाका जर्नेल लाभान्वित appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/496371/