बालमञ्च वादविवाद प्रतियोगितामा कन्चन बिक प्रथम

पोखरा ।

पोखरा महानगरपालिका ८ नं. वडा बाल मञ्चको आयोजनामा भएको सामाजिक मिडिया समाजका लागि हानिकारक नभई लाभदायक बिषयमा वादविवाद प्रतियोगितामा जनप्रिय मावि कन्चन बिक प्रथम भएकी छन् ।

त्यसै गरी सृजना माबिकी सपना शर्मा दितिय, लक्ष्मी आवासीय माविकी सृष्टि आचार्य तृतिय र राम आधारभूत विद्यालयका मिसन मगर सान्त्वना भएका थिए । प्रमुख अतिथि प्रतियोगिताको वडा अध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गर्दै बावबालिकाको चौतर्फि विकासमा वडा कार्यलय सधै सहकार्य गर्न तत्पर रहेको वताए ।

वडा सदस्य पबित्रा केसीले वडा नं. ८ एक सार्वजनिक विद्यालय र १० वटा निजी विद्यालय रहेको बताउँदै सबैलाई सहभागी गराउन नसके पनि ६ विद्यालयका ११ जना विद्यार्थी प्रतियोगितामा सहभागी भएको वताइन । उनले वडाका वालबालिकाको अतिरिक्त क्रियाकलाप सम्बन्धि कार्यक्रमहरु वडा स्तरिय बाल मञ्चलाई नै जिम्मा दिने बताइन् ।

पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा. नवराज न्यौपानेले विद्यार्थीहरुलाई विभिन्न प्रतियोगितामा सहभागि गराउँदा पढाईको साथै अन्य क्षेत्रमा पनि सक्षम हुने वताए ।

विद्यालयका प्रधानाध्यापक तिर्थराज न्यौपानेले अहिले वालवालिकाहरु मोवाइल विना कुनै पनि काम गर्न नसक्ने अवस्थामा पुगेको वताउँदै मोबाइलमा सामाजिक मिडियालाई विद्यार्थीहरुले कसरी चिन्ने र अरुलाई के चिनाउने प्रयास यस प्रकारका कार्यक्रमले टेवा पुग्ने बताए ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, खेलकुद पत्रकार राजाराम पौडेल, शिवालय टोल बिकास संस्थाकी सहकोषाध्यक्ष शान्ति कडेल, विद्यालयका शिक्षकहरु लगाएतको उपस्थिति रहेको थियो ।

निर्णायकमा साहारा आधारभूत विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारी, अभिबक्ता सुस्मा पौडेल र पोखरा महानगरपालिका सामाजिक शाखाकी बेलकुमारी गुरुङ रहेका थिए ।

‘बालबालिकाको क्षेत्र बिकासमा सदैव लागि परौं, वडा नं. ८ लाई बाल मैत्री घोषणा गर्न प्रतिबद्ध बनौं’ भन्ने मुल नाराका साथ भएको प्रतियोगितामा न्यु मोडल माबिका सृष्टि बराल, जनप्रिय माविकी कन्चन विक, सृजना माविका सपना शर्मा र अपेक्षा अधिकारी, राम आविका सन्ध्या चौधरी, मिसन मगर र पलसरी बुढा, लक्ष्मी आवासीय माविका सृष्टि आचार्य र प्रकृति ठकुरी, पोखरा एकेडेमीका आयुषा रानाभाट र शिखा पुन सहभागि भएका थिए ।

बालमञ्चका अध्यक्ष सुसान न्यौपाने, सचिव समिप सापकोटाले संचालन गरेका थिए भने स्वागत उपाध्यक्ष कृष्मा गिरिले गरेकी थिइन ।

Source : https://newsofnepal.com/2024/11/23/679652/