बुधबार १४.१२ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से पारिसुचक १४.१२ अंकले घटेर २७३४.८३ बिन्दुमा पुगेको छ ।
नेप्सेमा कुल ३ सय ८ कम्पनीको एक करोड ५३ लाख ६२ हजार २ सय ६ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ९१ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको भएको छ ।
Source : https://arthasarokar.com/2024/11/the-nepse-index-fell-by-14-12-points-on-wednesday.html