भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट

काठमाण्डौ – भारतसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया १ सय ४ रनमा अलआउट भएको छ । खेलको दोस्रो दिनको खाना समयअघि घरेलु टोली अस्ट्रेलिया १ सय ४ रनमै समेटिएको हो । अस्ट्रेलियाका मिचेल स्टार्कले सबैभन्दा धेरै २६ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराहले ५ विकेट लिए । अहिले भारतले दोस्रो पारीको ब्याटिङ थालेको छ । भारतले ४६ रनको अग्रता लिएको छ । यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा १ सय ५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलव...

Source : https://ujyaaloonline.com/story/109164/2024/11/23/australia-all-out-for-104-in-first-innings-in-test