यू–१९ महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले दियाे थाइल्यान्डलाई १ सय ३ रनको लक्ष्य

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले थाइल्यान्डलाई १ सय ३ रनको लक्ष्य दिएको छ । यूएईमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनायो । नेपालकी कप्तान पूजा महतोले सबैभन्दा धेरै ३५ रन बनाइन् । यस्तै सीमना केसी र सोनी पाख्रिनले समान १९ रन बनाए । थाइल्यान्डकी चरुकन सेमाले २ विकेट लिइन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन् । नेपालले दोस्रो खेलमा भोलि कुवेतसँग, आउ...

Source : https://ujyaaloonline.com/story/108554/2024/11/6/nepal-gave-thailand-a-target-of-103-runs



Related Posts