राजीनामा दिँदै कोशी सरकारका मन्त्री अधिकारी

विराटनगर ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि उनी राजीनामा दिन लागेका हुन् ।

गत कार्तिक १३ गते मुख्यमन्त्रीलाई समेत जानकारी नदिइ कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै उनी जापान गएका थिए। मन्त्री अधिकारीले आफूले राजीनामा दिन लागेको जनाएका छन्। आफ्नो राजीनामाको विषयमा उनले पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेका छन् ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ।

Source : https://newsofnepal.com/2024/11/06/676813/



Related Posts