सप्तरीका ५ हजार घरपरिवार समस्यामा
सप्तरी । वर्षाेदेखि विटौरी, ब्लक र सडक मापदण्डको नाममा लापूर्जा र नक्सा पासबाट समेत वञ्चित गराएका पिडितहरुलाई न्याय दिलाउन निर्णायक आन्दोलनको तयारीमा जुटेका समितिले शुक्रबार जिल्ला स्थित रानीतिक दलका प्रतिनिधि तथा राजविराज नगरपालिकाका पूर्व मेयरहरु सँग परार्मश बैठक सम्पन्न गरेको छ ।
निर्णायक आन्दोलनको तयारीमा रहेका समितिलाई पूर्व मेयर र दलहरुको पनि साथ
सप्तरी उद्योग वाणिज्य संघद्वारा राजविराज नगर क्षेत्रको विटौरी, ब्लक र सडक मापदण्डका नाममा नक्सा पास रोकिएको लगायतका समस्या समाधानका लागि निवर्तमान अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुण प्रधानको संयोजत्वमा गठित समितिको अगुवाईमा सर्वदलीय तथा पूर्व मेयरहरुको बैठक सम्पन्न भएको हो ।
बैठकमा पूर्व मन्त्री महेश प्रसाद यादव, राजविराज नगरपालिकाका पूर्व मेयर गोविन्द सिंह, शैलेश चौधरी, नेपाली काँग्रेसका शम्भु लाल देव , नेकपा एमालेका देवनाथ यादव, नेकपा (माओवादी केन्द्र)का सुर्यनाथ यादव(शुभाष) जसाप नेपालका केदार यादव, जनमत पार्टीका सुरेन्द्र शर्मा (मधेशी),नेकपा एकृकित समाजवादीका प्रताप नारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिगम्बर साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अमित कुमार यादव, राष्ट्रिय मुक्ति पार्टीका दिपेन्द्र प्रसाद चौधरी, उद्योग वाणिज्य संघका सल्लाहकार बैजु जोशी लगायत सहभागी भए ।
बैठकका सहभागीहरुले विटौरी, ब्लक तथा सडक मापदण्डका नाममा नक्सा पासमा रोक लगायतका समस्या समाधानका लागि उद्योग वाणिज्य संघद्वारा गठित समितिले अगामी दिनमा गर्ने हरेक गतिविधि र आन्दोलनमा एक्यबद्धता , सक्रिय सभागीता र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै उक्त समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकार समक्ष गर्नुपर्ने पहलमा समेत सहयोग गर्ने बैठकका सहभागीहरु प्रतिबद्धता जनाएको छलफल समितिका संयोजक प्रधानले जानकारी दिए ।
राजविराज नगरपालिका विटौरी र ब्लक जग्गामा बसोबास गर्दै आएका करिब ५ हजार २ सय परिवार विगत ६५ वर्ष देखि लालपूर्जा पाउन सकेका छैनन् ।
यस्तै नगर भित्र सडक बनि सकेको क्षेत्रमा समेत सडक मापदण्डको नाममा नक्सा पास रोकिदा बैंक तथा वित्तिय संस्थाबाट समस्या परेका बेला उक्त जग्गा धित्तो राखि ऋण कर्जा पाउन नसक्दा नगरबासी समस्या छन् ।
वि.स. २०१६ सालमै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक आसपास घर निर्माण तथा पसल संचालन गरेर बस्दै आएका विटौरी र ब्लक जग्गा बाहकहरु हाल सम्म लालपूर्जा पाउन सकेका छैनन् । यही समस्या समाधानका लागि निर्णायक आन्दोलनको तयारी थालेको उद्योग वाणिज्य संघले सरोकारबालाहरु सँग क्रमिक रुपमा परामर्श बैठक थालेको छ ।
The post सप्तरीका ५ हजार घरपरिवार समस्यामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104273/