हिजबुल्लाहले भन्यो : इजरायलसंगको युुद्धविराम स्वीकार्य छैन
हिजबुल्लाहका प्रमुख नईम कासिमले लेबनानको सार्वभौमिकताको उल्लङ्घन गर्ने कुनै पनि युद्धविरामलाई आफ्नो समूहले स्वीकार नगर्ने बताएका छन् ।
हिजबुल्लाहका प्रमुखले युद्धविराम इजरायली प्रतिक्रिया र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गम्भीरतामा निर्भर रहेको बताउनुभएको छ ।
हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ र उहाँको सञ्चार टोलीका चार सदस्यको मृत्यु भएको थियो ।
इजरायलले हामीलाई हराउन सक्दैन र हामीमाथि आफ्ना शर्तहरू थोपर्न पनि सक्दैन अमेरिकी दूत अमोस होचस्टाइनले इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौताका लागि मध्यस्थता गर्ने उद्देश्यले बेरुतको दुई दिने भ्रमण पूरा गरेका बेला प्रमुखको धारणा बाहिर आएको हो ।
होचस्टीनले बेरुतमा आफूले युद्ध अन्त्य गर्ने ‘वास्तविक अवसर’ देखेको बताउँदै उहाँले आफू इजरायल जान लागेको बताउनु भएको थियो ।
बेरुतमा उहाँले इरान समर्थित समूहको तर्फबाट मध्यस्थता प्रयासको नेतृत्व गरेका हिजबुल्लाहका सहयोगी संसदका सभामुख नाबिह बेरीसँग दुई पटक भेटवार्ता गर्नुभएको थियो ।
इजरायलका विदेशमन्त्री गिदोन सारले कुनै पनि युद्धविराम सम्झौताले लेबनानी लडाकू समूहविरुद्ध इजरायललाई ’कारबाही गर्ने स्वतन्त्रता’ सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
Source : https://www.khasokhas.com/211755