हुम्लाको दुई वटा गाउँका बासिन्दालाई सास्ती : गाउँपालिकाको कार्यालय पुग्नै एक दिन
हुम्ला – हुम्लाको दुई वटा गाउँका बासिन्दालाई गाउँपालिकाको कार्यालय पुग्न पैदल हिँडेर एक दिन लाग्ने गरेको छ । अहिले हुम्लाका धेरैजसो गाउँ सडक सञ्जालले जोडिएका छन् । तर ताँजाकोट गाउँपालिका वडा नम्बर–३ को मासपुर र चंखेली गाउँपालिका वडा नम्बर–५ को नेप्काका नागरिकलाई सास्ती भएको छ । यी दुई गाउँमा एक/एक वटा विद्यालय छन् । त्यहाँ सामुदायिक स्वास्थ्य इकाइ पनि छन् तर वडा कार्यालयदेखि गाउँपालिकाको कार्यालय पुग्न एक दिन र फर्कन एक दिन गरी दुई दिन लाग्ने गरेको छ । जन्म दर्तादेखि अन्य आवश्यक सिफारिश र कागजपत्...
Source : https://ujyaaloonline.com/story/109162/2024/11/23/residents-of-two-villages-in-humla-suffer-