१५ शैयाको अस्पताल निर्माण कछुवा गतिमा

इलाम । सरकारले देशका तीन सय ९६ पालिकामा आधारभूत अस्पताल निर्माणका लागि एकै दिन दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास ग¥यो । २०७७ साल मङ्सिर १५ गते पालिकामा आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सरकारले एकैसाथ दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको थियो । जसमा इलाममा ७ स्थानीय तहमा १५ शैयाको अस्पताल एकै दिन शिलान्यास भए । जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकामा अस्पताल निर्माणका लागि शिलान्यास गरियो ।

जिल्लाको सूर्योदय, देउमाई र माई नगरपालिका तथा चुलाचुली, फाकफोकथुम, सन्दकपुर र माईजोगमाई गाउँपालिकामा अस्पताल निर्माण हुने भन्दै शिलान्यास भएको सात वर्षमा पनि अस्पताल निर्माण भइसकेका छैनन् । जिल्लाको माई नगरपालिका र चुलाचुली गाउँपालिकामा भवन निर्माण सम्पन्न भई उक्त भवनबाट सेवा सञ्चालन भए पनि अन्य पालिकामा भने अझै भवन निमार्ण सम्पन्न हुन सकेका छैनन् ।

सूर्योदय, देउमाई नगरपालिका, माईजोगमाई, फाकफोकथुम, सन्दकपुर गाउँपालिकाले अझै अस्पताल निर्माण सम्पन्न गरेका छैनन् । निर्माण थालेर पनि सम्पन्न गर्नमा स्थानीय सरकारले सात वर्षमा पनि सम्पन्न नगराउँदा त्यहाँका सर्वसाधारण अहिले पनि उपचारबाट वञ्चित छन् ।

यता सूर्योदय नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले भवन निर्माण सम्पन्न भइसकेको नभए पनि फिक्कल प्राथमिक केन्द्रबाट सेवा सञ्चालन भइरहेको बताए । उनले भवन निर्माण ढिलाइ हुनुमा भूत्तानीको समस्या भएको कारण ढिलो भएको भन्दै यस आर्थिक वर्षमा सम्पन्न भई सञ्चालन आउने तयारीमा रहेको बताए ।

जिल्लाको फाकफोकथुम गाउँपालिकाले गत आवबाट अस्पताल निर्माणको काम थालेको छ भने देउमाई नगरपालिकाले पनि अहिले सम्म सम्पन्न गरेको छैन । देउमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि दहालले निर्माणको अन्तिम चरणमा पुगेको र यस आर्थिक वर्षमा काम सम्पन्न हुने बताए । यता सन्दकपुर र माईजोगमाई गाउँपालिकामा पनि अस्पताल निर्माणले गति लिन सकेन ।

एक स्थानीय तहमा आधारभूत अस्पताल बनाउनको लागि १८ करोड ६ लाख ८२ हजार रुपैयाँ लगानी हुने अनुमान थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैयाको अस्पताल बनाउने प्रक्रिया अघि बढाए पनि छ वर्ष सम्म निर्माण सम्पन्न हुन सकेनन् ।

चुलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल सम्पन्न भई सञ्चालन भइसकेको छ । चुलाचुली गाउँपालिका–२ बाह्र गोठेमा निर्मित १५ शैयाको ‘चुलाचुली आधारभूत अस्पताल’ सञ्चालनमा आइसकेको हो ।

आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको अस्पताल चार वर्षपछि निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । सङ्घीय सरकारको रु १२ करोड ९० लाखको लागतमा सुविधायुक्त अस्पताल निर्माण गरिएको हो । १५ कठ्ठा १० धुर क्षेत्रफलमा पार्किङसहितको तीन तलाको अस्पताल निर्माण गरिएको छ ।

नवनिर्मित अस्पताल भवनबाट स्वास्थ्य सेवा सुरु भएको छ । २४ सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, ई सिजी, फार्मेसीलगायत सेवामा सुचारु गरिएको उनले जानकारी दिए ।

सो अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत लागू गरिएको छ । गाउँपालिकावासीको आधारभूत स्वास्थ्य उपचार पालिकाभित्रै उपलब्ध गराउने र जटिल प्रकारका बिमारीलाई अन्य सुविधा सम्पन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भएकाले स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गरिएको अध्यक्ष केरुङले बताए ।

अस्पताल सञ्चालनका लागि महापुराण
यसैबिच, अस्पताल सञ्चालन सहयोगार्थ चुलाचुली गाउँपालिकाले आयोजना गरेको ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’ लगाइएको छ । महापुराणबाट सङ्कलित रकमबाट विपन्न, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क उपचारका लागि अक्षय कोष स्थापना गरिने गाउँपालिका अध्यक्ष केरुङले बताए । ‘महापुराणबाट सङ्कलन भएको रकमबाट अस्पतालमा छुट्टै अक्षयकोष स्थापन गरिने र ‘कोषबाट पालिकाभित्रका विपन्न, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गरिनेछ ।’

The post १५ शैयाको अस्पताल निर्माण कछुवा गतिमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104275/