कफी खेतीमा युवावर्गलाईआकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी 

 काठमाडौं।

  कृषि तथा पशुपन्छी  विकासमन्त्री  रामनाथ अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना , अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन् । 

 २०औँ राष्ट्रिय कफी दिवसका अवसरमा आज कृतिपुरमा आयोजित  कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री अधिकारीले  नेपालको भौगोलिक अवस्था, माटो, र जलवायु अर्ग्यानिक कफीको उत्पादनका लागि अत्यन्तै उपयुक्त  रहेको भन्दै   उत्पादन र उत्पादकत्वमा अझै पनि व्यापक सुधार गर्ने आवश्यक रहेको र  यसका लागि सार्वजनिक निजी साझेदारी,  साथै, कफी मूल्य श्रृङ्खलाका सबै चरणहरूमा संलग्न व्यक्तिहरू, कृषक, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताहरूबीच समन्वय र सहकार्य आवश्यक छ – भने  ।

 मन्त्री अधिकारीले स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा थप लगानी गर्न निजी क्षेत्रलाई आग्रह समेत गरे ।  उनले मन्त्रालयले कफी क्षेत्रको विकास तथा बिस्तारका लागि उपयुक्त नीति  तथा कार्यक्रम ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे । नेपालको कफी क्षेत्रले यो २० वर्षको अवधिमा अनेकन आरोह अवरोहहरूको सामना गर्नुपरेको भन्दै  हाल कफी  बजार सुनिश्चित भएको कृषि उपजको रूपमा स्थापित भएको  छ  – मन्त्री अधिकारीले भने । उनले कफी ३० हजार भन्दा बढी नेपाली किसानहरूको आय आर्जनको स्रोत बनेको र हजारौँले कफी उद्योग तथा क्याफे हाउसहरूमा रोजगारी समेत पाइरहनु नेपाली कफी क्षेत्रको लागि गौरवको विषय बनेको उल्लेख गरे ।

Source : https://newsofnepal.com/2024/11/22/679488/