गर्भपतन महिलाको मानवअधिकार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सुरक्षित गर्भपतन महिलाको मानवअधिकार भएको बताएका छन् । नेपालमा सुरक्षित गर्भपतन सेवा सुरु भएको २५ वर्ष प्रवेश गरेको अवसरमा महिला, कानुन र विकास मञ्च एवं सेन्टर फर रिप्रडक्टिभ राइट्सले संयुक्त रूपमा आयोजना गरेको वृत्तचित्र प्रदर्शन एवं अनुभव आदानप्रदान कार्यक्रममा पूर्वन्यायाधीश श्रेष्ठले भने, राजनीतिसँगको सहकार्यमा निर्माण भएको सुरक्षित गर्भपतन कानुन राज्यको पूँजी हो ।
उनले नेपालको संविधान, २०७२ को ३८ (२) मा व्यवस्था भएको प्रजनन स्वास्थ्य अधिकारका व्यवस्थालाई सही रूपमा कार्यान्वयनम गरिनुपर्ने र सेवा लिन चाहनेको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण शाखाका प्रमुख गौरी प्रधानले सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने जनशक्ति तयार पार्न मन्त्रालयले तालिम दिने गरेको जानकारी दिनुभयो । बाह्र हप्तासम्मको गर्भपतन गराउन सक्नेगरी तीन हजारलाई तालिम दिइएको बताउँदै उनले देशभर औषधिबाट गर्भपतन सेवा दिन १ हजार ७ सय वटा केन्द्र रहेका उल्लेख गरिन ।
मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले कानुनमा दोहोरो अर्थ लाग्ने किसिमका विषयवस्तु भएकाले सुरक्षित गर्भपतन सेवाले सर्वोच्च अतालतबाट वैधानिकता पाएको बताए । अब २८ हप्तासम्मको गर्भमात्र पतन गराउन पाइन्छ भन्ने मान्यतालाई पनि संशोधन गराएर महिलाको जीवनको संरक्षण गरिनुपर्नेमा उनले जोड दिए ।
सुरक्षित गर्भपतनसम्बन्धी ऐनलाई संसद्ले विसं २०५८ चैत २८ गते पारित गरेको थियो । विसं २०५९ असोज १० गते ऐन प्रमाणीकरण भए पनि कार्यान्वयनमा आएको थिएन । यसै क्रममा गर्भपतन गराएकै कारण १२ जना जेल परेपछि विसं २०६० पुस १० गतेदेखि कार्यान्वयनमा आउन थालेको थियो ।
कार्यक्रममा कृपा संस्थाका आनन्द तामाङले सुरक्षित भर्गपतनको अर्को विकल्प नभएको बताइन । आयोजक संस्था सेन्टर फर रिप्रडक्टिभ राइट्सका प्रवीना बज्राचार्यले जिल्लाजिल्लामा सक्रिय हुनुपर्ने प्रजनन स्वास्थ्य सेवा समन्वय समिति कार्यान्वयनमा आउन नसकेको भनाइ राखिन ।
सो अवसरमा फिलिपिन्समा महिलाको प्रजनन अधिकार स्वास्थ्य अधिकारका लागि काम गरिरहनुभएकी क्लारा रीता, भारतकी स्वतन्त्र कानुन व्यवसायी अनुभा रास्तोगी लगायतले आफ्ना देशमा सुरक्षित गर्भपतन सेवासम्बन्धी भएका व्यवस्थाका ’boutमा जानकारी गराउनुएको थियो ।
The post गर्भपतन महिलाको मानवअधिकार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104282/