गैंडाको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु

नवलपरासी । गैंडाको आक्रमणबाट नवलपरासीमा एक किसानको ज्यान गएको छ। मध्यबिन्दु नगरपालिका-६ भण्डाराका ६५ वर्षीय कृषक नाथुराम थारुको शनिबार बिहान गैंडाको आक्रमणबाट मृत्यु भएको हो। आलु रोप्दै गरेका थारुलाई शनिबार बिहान पौने ११ बजे खेतमै गैंडाले हानेको प्रहरीले जनाएको छ।

Source : https://www.dcnepal.com/2024/11/613874/