जुम्लाका ८ वटै पालिका साक्षर घोषणा
जुम्ला – जुम्लाका आठ वटै पालिका साक्षर घोषणा भएका छन् । साक्षरताका १२ सूचकमध्ये धेरैजसो सूचकहरू पूरा गरेपछि एउटा नगरपालिका र सात वटा गाउँपालिका सबैलाई साक्षर घोषणा गरेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो । गएको भदौ २१ गते हिमा गाउँपालिका पहिलो साक्षर पालिकाका रूपमा घोषणा भएको थियो । जिल्ला समन्वय समितिका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत र सबैभन्दा कम तिला गाउँपालिकामा ९५ दशमलव चार प्रतिशत नागरिक साक्षर छन् । साक्षरता पालिका घोषणा गर्न राष्ट्रभाषा वा ...
Source : https://ujyaaloonline.com/story/109172/2024/11/23/jumla-8-municipalities-announced-literacy