पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो

पाकिस्तानमा धार्मिक हिंसा भडकिँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । यस्तै ४७ जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तमा शिया र सुन्नी मुसलमान समुदायबीच भएको झडपमा १४ सुन्नी र १८ शिया समुदायका मानिसको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । हिजो राति आक्रोशित शिया समुदायका व्यक्तिहरूको समूहले सुन्नीको बाहुल्यता रहेको बागान बजारमा आक्रमण गरेको थियो । आक्रमणपछि उनीहरूले बजारका सबै घर र गाउँका घरहरूमा समेत पेट्रोल छर्किएर आगो लगाएका एक जना वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् । तीन सय वट...

Source : https://ujyaaloonline.com/story/109176/2024/11/23/at-least-32-killed-in-sectarian-violence-in-pak