प्रकृति संरक्षण कोषलाई अनुकूलन कोषको नयाँ राष्ट्रिय कार्यान्वयन निकायको रुपमा छनोट

काठमाण्डौ – राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई अनुकूलन कोषले आफ्नो नयाँ राष्ट्रिय कार्यान्वयन निकाय (एनआईई) रूपमा छनोट गरेको छ । यसले नेपालमा जलवायु अनुकूलन कार्यक्रमका लागि वित्त ल्याउन सहज हुने विश्वास गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषजस्ता एनआईईमा अहिलेसम्म विश्वभरका ३४ वटा निकायले मान्यता पाएका छन् । अनुकूलन कोषबाट एउटा परियोजनाबाट एक अर्ब ३५ करोड रुपैयाँसम्म प्राप्त गर्न सकिन्छ । अजरबैजानको राजधानी बाकुमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष रा...

Source : https://ujyaaloonline.com/story/109155/2024/11/23/selected-as-the-implementing-agency-of-ncf-