प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ
काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई सानोभर्याङबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाण्डौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ ।
केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा मनाङेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो । अदालतले पाँच वर्ष कैद फैसला सुनाएपछि मनाङे मोबाइल अफ गरेर सम्पर्कविहीन भएका थिए ।
Source : https://arthasarokar.com/2024/11/dipak-manange.html