बिहीबार २२ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १९०५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३७ हजार १ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६३३.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
Source : https://arthasarokar.com/2024/11/on-thursday-the-price-of-gold-decreased-by-2200-rupees.html