बुद्ध एयरको रात्रिकालीन भाडा दर घट्यो

काठमाडौँ । बुद्ध एयरले रात्रिकालीन उडानको भाडा दर घटाएको छ । एयरलाइन्सले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको रात्रिकालीन भाडा घटाएको हो ।

कम्पनीका अनुसार पोखराको लागि ५००, भद्रपुर तथा नेपालगञ्जका लागि १००० तथा जनकपुरधामका लागि ८०० रुपैयाँ भाडादर घटाइएको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सीमित उडानकाबीच बुद्ध एयरले भैरहवा तथा पोखराबाट अतिरिक्त उडान समेत सुरु गरेको  छ ।

त्यस्तै, काठमाडौँ वा पोखराबाट अन्तराष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एयरले हरेक फेयरमा २५ केजी लगेज छुट दिएको जनाएको छ ।

Source : https://arthasarokar.com/2024/11/buddha-airs-nightly-fares-reduced.html



Related Posts