भारतको महाराष्ट्र र झारखण्डमा विधान सभाको मतगणना चल्दै
भारतको महाराष्ट्र र झारखण्डमा विधान सभा चुनावको मतगणना भइरहेको छ । बिहान साढे ८ बजेपछि मतगणना शुरू भएको हो । प्रारम्भिक नतिजाअनुसार महाराष्ट्र र झारखण्ड दुवै विधान सभामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले सुरुआती अग्रता लिएको छ । महाराष्ट्रका दुई सय ८८ मध्ये ७३ सिटको मतगणना चलिरहेको छ । त्यसमध्येका ६२ सिटमा भाजपा नेतृत्वको गठबन्धनले अग्रता लिएको छ । कंग्रेस आई नेतृत्वको गठबन्धनले ७ सिटमा मात्रै अग्रता लिएको छ । त्यस्तै झारखण्डको ८१ मध्ये ३१ सिटको मतगणना हुँदा भाजपा नेतृत्वको गठबन्धनले २४ सिटमा अग्रता लिँदा...
Source : https://ujyaaloonline.com/story/109158/2024/11/23/assembly-vote-counting-underway-in-india-