मानव तस्करीको आरोपमा कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारी पक्राउ

काठमाण्डौ – मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभाका सांसद तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । अदालतबाट पक्राउको अनुमति पाएपछि अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई हवाइजहाजमा काठमाण्डौ पठाउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । संगठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले ४८ घण्टासम्म विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो । मन्त्रालयको नक्कली परिचयपत्र लगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दल...

Source : https://ujyaaloonline.com/story/108679/2024/11/10/outgoing-minister-koshi-province-arrested