रवि लामिछानेलाई बयानका लागि बुटवल लगिँदै 

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देही लैजाने तयारी गरिएको छ । 

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाइ मंगलबार रुपन्देही लैजाने तयारी गरिएको हो । 

रविविरुद्ध जिल्ला अदालत रुपन्देहीबाट बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लैजाने गरिएको कास्की प्रहरीले जनाएको छ । 

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । सहकारी ठगीसँगै रविमाथि साङ्गठनिक अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Source : https://arthasarokar.com/2024/11/rabi-lamichhane-120.html



Related Posts