विश्व जलवायु सम्मेलन 'कोप–२९' जलवायु वित्तको नयाँ लक्ष्य निर्धारण गर्न असफल
काठमाण्डाै – विश्व जलवायु सम्मेलन कोप—२९ नयाँ सामूहिक वित्तीय लक्ष्य निर्धारण गर्न असफल भएको छ । जलवायु वित्तको सम्मेलनका रूपमा हेरिएको कोप–२९ मा जलवायु कार्यका लागि सन् २०२५ देखि २०३५ सम्मको नयाँ लक्ष्य निर्धारणसम्बन्धी प्रस्तावमा आएको दुई सय ५० बिलियन अमेरिकी डलरको रकममा अल्पविकसित देशले असहमति जनाएपछि वित्तमा सहमति हुन नसकेको हो । दुई वर्ष लगाएर तयार पारेको मस्यौदामा दुई सय ५० बिलियन डलर प्रस्ताव गरिएपछि गरिब देशहरू आक्रोशित बनेका छन् । यो रकम पेरिस सम्झौताको तुलनामा ६० प्रतिशत मात्रै...
Source : https://ujyaaloonline.com/story/109165/2024/11/23/cop29-fails-to-set-new-targets-for-climate-finance