श्रीलङ्काका सांसदले विलासी गाडी किन्न नपाउने

श्रीलङ्का सरकारले हरेक सांसदलाई इन्धन किफायती गाडी दिने भएको छ । सांसदहरूलाई विलासी र महँगा गाडी किन्न रोक लगाउँदै सरकार आफैँले सस्ता तर इन्धन किफायती गाडी दिने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सार्वजनिक सुरक्षा तथा संसदीय मामिलामन्त्री आनन्द विजेपालाले सांसदहरूले आफ्नै खर्चमा पनि विलासी गाडी किन्न नपाउने बताउनुभएको छ । करको पैसालाई प्रभावकारी तरिकाले प्रयोग गर्नका लागि यस्तो निर्णय लिइएको भन्दै उहाँले सरकारले खर्च कम गर्न थुप्रै सुधारहरू थाल्ने बताउनुभएको खबरमा उल्लेख छ । सरकारले दिएका गा...

Source : https://ujyaaloonline.com/story/109177/2024/11/23/sri-lankan-mp-are-not-allowed-to-buy-luxury-cars