हिमालयन क्यापिटलको ७औं वार्षिक साधारणसभा सम्पन्न, ७ प्रतिशत नगद लाभांश पारित

काठमाडौँ । हिमालयन क्यापिटल लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलको साधारणसभा कार्तिक २८ गते बुधबार केन्द्रिय कार्यलय, कमलादीमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभा मार्फत पारित गरिएको छ । साधारणसभामा संस्थाका संचालकहरुको पुर्ननियुक्ति सम्बन्धि प्रस्ताव पनि अनुमोदन गरिएको थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनील प्रसाद गोर्खालीले संस्थाका भावी योजनाहरु बारे मन्थन गरी संस्थाका सेयरधनीहरु, ग्राहकहरु र सरोकारवालाहरुलाई उनीहरुको निरन्तर साथ र सहयोगको लागी आभार व्यक्त गरे ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकहरूलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ सेवा अन्तर्गत निक्षेप सदस्य, सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहरु ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।

Source : https://arthasarokar.com/2024/11/himalayan-capitals-7th-annual-general-meeting-was-held-7-percent-cash-dividend-was-passed.html



Related Posts