अञ्जनाको तर्क–‘गुमनाम हुन्छु तर बदनाम हुनु छैन’
फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’मा नायिकाको रुपमा अभिनय गरेकी अञ्जना बराइलीलाई फिल्म क्षेत्रमा ‘लक्की’ नायिका भन्न थालिएको छ । उनले अभिनय गरेका फिल्महरुले बक्स अफिसमा राम्रो कमाई गरेपछि उनको चर्चा चुलिएको हो । तर, यसो भन्दै गर्दा उनको अभिनयको चर्चा भने कमै मात्र सुनिन्छ । यसैले, फिल्म चलेपनि नायिकाको चर्चा ओझेलमा परेको देखिन्छ ।
तर, अञ्जना यो कुरा मान्न तयार छैनन् । किनभने, उनले चर्चा केलाई भन्ने भनेर प्रश्न गरेकी छिन् । अञ्जनाका अनुसार, निरन्तर हिट फिल्ममा काम गरिरहेको अवस्थामा दर्शकले पनि साथ दिएका छन् । तर, आफूलाई गसिपमा रमाएर चर्चामा आउने कुनै सोच नरहेको अन्जनाको भनाई छ ।
उनले भनिन्–‘चर्चा केलाई भन्ने ? मेरो फिल्मले राम्रो कमाई गरिरहेका छन् । मैले फिल्ममा पनि निरन्तर काम पाइरहेकी छु । मलाई गुमनाम हुनु ठिक छ, तर बदनाम हुनु छैन । गसिपमा रमाएर बर्षैभरी समाचारमा आउनु मलाई ठिक लाग्दैन ।’
अन्जनाले अभिनय गरेको ‘महापुरुष, पुजार सार्की र पुर्ण बहादुरको सारङ्गी’ बक्स अफिसमा हिट भएका छन् ।