अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको मूल्य धेरै

काठमाण्डौ – नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा अन्य राष्ट्रको भन्दा बढी मूल्य पाएका छन् । स्वाद र गुणस्तरका हिसाबले अब्बल रहेका भन्दै नेपाली कफीले धेरै मूल्य पाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत चन्द्र पुरीले बताउनुभयो । उहाँका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ डलर प्राप्त हुने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा १३ करोड चार लाख रुपैयाँ बराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रुपैयाँ बराबरको चार सय ५० टन कफी आयात भएको थियो । आर्थिक वर्ष  २०८०/८१ मा १४ करोड ९२ लाख रुपै...

Source : https://ujyaaloonline.com/story/108998/2024/11/19/price-of-nepali-coffee-is-high-in-international-mk