अलैंचीको मूल्य बढ्यो, प्रतिमन ९० हजार
संखुवासभा । संखुवासभामा एक दशक अघि देखि ओरालो लागेको अलैँचीको मूल्यमा यो वर्ष केही सुधार आएको छ । नेपालको कालो सुनको रुपमा चिनिदै आएको अलैँचीको मूल्य प्रतिमन (४० किलो) ९० हजार रुपैयाँ पुगेको छ । झण्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँ सम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो ।
हाल अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपैयाँ रहेको अलैँची ब्यवसायी महासंघ संखुवासभाका अध्यक्ष कुमार श्रेष्ठले बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो । उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए । गत बर्ष ६०–६५ हजार रुपैयाँ कारोवार भएको अलैचीँ अहिले ९० हजार रुपैयाँमा कारोवार भइरहेको छ ।
अलैचीँ उत्पादनमा गिरावट भएका कारण पनि मूल्य वृद्धि भएको ब्यवसायी श्रेष्ठले बताए । ग्रेडिङ राम्रो भएको अलैचीँ ९० हजार र ग्रेडिङ नभएको नर्मल अलैचीँ ८७ हजार रुपैयाँ कारोवार भइरहेको ब्यवसायीको भनाइ छ । पछिल्लो समय भारत,पाकिस्तान लगायतको देशमा अलैँची निर्यात हुन थालेपछि मूल्य समेत बढेको छ । जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैंचीको मूल्य यस वर्ष सिजनको सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैंची व्यवसायी महासंघले जनाएको छ ।
मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चिनले अध्ययन सुरु गरेको ब्यवसायी बताउँछन् । ९८ प्रतिशत अलैँची नेपाल बाहीर निर्यात हुने गरेको पाइन्छ। अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । संखुवासभामा दुई हजार आठसय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ ।
अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पान घट्नुका साथै बोट समेत डढ्ने गरेको कृषकको गुनासो छ। यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासंघको अनुमान छ । अलैंची संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको पाइन्छ । नेपालमा उत्पादित अलैंचीको बजार भारत हो ।
जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैंचीको मूल्य यस वर्ष सिजनको सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैंची व्यवसायी महासंघले जनाएको छ । मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चिनले अध्ययन सुरु गरेको ब्यवसायी बताउँछन् ।
९८ प्रतिशत अलैँची नेपाल बाहीर निर्यात हुने गरेको पाइन्छ। २ प्रतिशत मात्र स्वदेशमा खपत हुनेगरेको तंथ्याक छ। अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । संखुवासभामा दुई हजार आठसय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । जिल्लामा गतबर्ष ९ सय ४० मेट्रिकटन अलैँची उत्पादन भएको थियो । यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासंघको अनुमान छ ।
अलैंची संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको पाइन्छ । व्यवसायीका अनुसार अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । नेपालमा उत्पादित अलैंचीको बजार भारत हो ।
अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पान घट्नुका साथै बोट समेत डढ्ने गरेको कृषकको गुनासो छ।
The post अलैंचीको मूल्य बढ्यो, प्रतिमन ९० हजार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103023/