असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता
काठमाण्डौ – गएको असोज महिनामा तीन अर्ब ४५ करोड ६३ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । स्वचालित प्रणाालीबाट २१ वटा उद्योगमा १५ करोड १० लाख रूपैयाँ र म्यानुअल प्रणालीबाट ३४ वटा उद्योगमा ३ अर्ब ३० करोड ५३ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागले गएको वैशाखमा आयोजित तेस्रो लगानी सम्मेलनदेखि अटोमेटिक रुटमार्फत विदेशी लगानी प्रतिबद्धता स्वीकृत गर्न थालेको हो । असोजमा पर्यटन क्षेत्रमा ६४ प्रतिशत, सेवा क्षेत्रमा २४ प्रतिशत, उत्पादन क्षेत्रमा ७ प्रतिशत, कृषिमा ४ प्रतिशत र सूचना तथ...
Source : https://ujyaaloonline.com/story/108398/2024/11/1/foreign-investment-commitment-worth-three-billion-