उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकियो छठ पर्व

काठमाण्डौ – आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको हो । उदाउँदो सूर्यलाई अर्घ्य  दिन तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सासहित मिथिला क्षेत्र, काठमाण्डौ उपत्यका तथा अरु विभिन्न ठाउँका जलाशयमा श्रद्धालुको भीड लागेको थियो । पारिवारिक सुख, शान्ति, समृद्धिको उद्देश्यले श्रद्धापूर्वक मनाइने छठको अवसरमा पोखरी, नदी, तलाउ, जलाशयमा श्रद्धालु भक्तजनको भीड ल...

Source : https://ujyaaloonline.com/story/108599/2024/11/8/chhath-ends-with-offering-arghya-to-the-rising-sun