उपविजेता बनेको महिला फुटवल टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने
काठमाण्डौ – सरकारले साफ महिला च्याम्पियनशिप २०२४ को उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ । टोलीका खेलाडीलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो बेलुका भएको फाइनलमा बङ्गलादेशसँग फाइनलमा २–१ ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । साफ महिला च्याम्पियनशिपमा नेपाल उपविजेता बनेको योसहित छैटौँ पटक हो । यस्तै मुख्य प्रशिक्षक राजेन्द्र ताम...
Source : https://ujyaaloonline.com/story/108366/2024/10/31/gov-will-provide-3-lakah-each-to-players-of-saff-