उपसभामुख राना स्वदेश फिर्ता

काठमाडाैं ।

प्रतिनिधीसभाका उपसभामुख इन्दिरा राना रुसी महासंघको पाँच दिने औपचारिक भ्रमण सकेर शनिवार साँझ स्वदेश फर्कनु भएको छ ।

रसियाको सेन्टपिर्टसवर्ग शहरमा भएको चौथो यूरेशियन महिला फोरममा सहभागी भएर उपसभामुख राना स्वदेश फर्कनु भएको हो । रुसी महासंघ र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते-सेप्टेम्बर ९१८-२००सम्म चौथो यूरेशियन महिला फोरम सञ्चालन भएको थियो ।

उपसभामुख रानाले उक्त फोरमलाई असोज २ गते सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले महिला तथा बालबालिकाको अधिकार उपभोगमा देखिएका चुनौती तथा प्रविधीको प्रयोगबाट आएका बिकृती रोक्ने बिषयमा आफ्ना धारणा राख्नुभएको थियो । उपसभामुख राना फोरममा सहभागी हुन असोज १ गते रसिया प्रस्थान गर्नुभएको थियो ।

Source : https://newsofnepal.com/2024/09/21/669143/