कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन शुरू गरेको गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले जानकारी दिनुभयो । गएको वर्षदेखि कनकासुन्दरी गाउँपालिका–५ निवासी प्रिन्सा हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहनुभएको छ । उहाँ अहिले दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । एमबीबीएस अध्ययन गर्न ४६ लाख रुपैयाँ लाग्नेमा गाउँपालिकाले २३ लाख ...
Source : https://ujyaaloonline.com/story/108591/2024/11/7/kanakasundari-started-teaching-mbbs-on-scholarship