काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छाड्ने तयारी

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा छठको रौनक शुरू भएको छ । तिहार सकिएलगत्तै  काठमाण्डौ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका ठाउँमा छठका लागि तयारी शुरू भएको हो । चार दिनसम्म मनाइने छठ पर्व अन्तर्गतको छठ पूजाका लागि काठमाण्डौका गौरीघाटलगायतका नदी किनारहरु सिङ्गारिएका छन् । कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको बताउनुभयो । यस्तै बाग्मती नदीमा पानीको सतह बढाउने तयारी पनि भइरहेको छ । एकीकृत बाग्मती सभ्यता विकास समितिअन्तर्गत बाग्मत...

Source : https://ujyaaloonline.com/story/108532/2024/11/6/the-splendor-of-chhath-in-kathmandu-valley-