कामपा प्रहरीद्वारा प्लास्टिकको फूलमाला होलसेल र पसलमा छापा
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले सोमबार लाखौ रुपियाँ बराबरको प्लास्टिकका पुष्पगुच्छा, माला जफत गरेको छ । कामपा प्रहरीको टोलीले थोक बिक्रि हुने महाबौद्धको विभिन्न होलसेल पसलमा छापामारी सयौं माला, पुष्पगुच्छ र लक्ष्मी पुजामा प्रयोगहुने विभिन्न प्रकारका प्रतिबन्धित सामाग्री बरामद गरेको कामपा वातावरण व्यवस्थापन विभागले आइतबार प्रतिबन्धित प्लास्टिकजन्य सामाग्री र फूलमाला जफत गर्ने सुचना जारी गरेको थियो ।
सोही सुचनाको आधारमा कामपा प्रहरी टोलीले राजधानीको थोक र खुद्रा पसलमा छापा मारेर प्लाष्टिकको फूल माला र पुष्पगुच्छा बरामद गरेको हो । कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले आज सोमबारबाट सबै वडाका प्लास्टिकको माला बिक्रि गर्ने पसलमा प्रहरी परिचालन गरेको जानकारी दिए ।
भिडियो :