कार्तिक शुक्ल पञ्चमी: छठको दोस्रो दिन गरियो खरना
काठमाडौं। छठ पर्वको मुख्य व्रत विधि सुरु भएको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा आज सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाइ वर्तालुले प्रसादस्वरुप खाएका छन्। छठ पर्वको दोस्रो दिन आज खरना गरी नुन नखाई एक छाक फलाहार गरिन्छ। कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बसेपछि छठको मुख्य व्रत विधि सुरु हुन्छ। […]