कुपन्डोलको बीच सडकमा कसरी सम्भव भयो यो दुर्घटना

काठमाडौं । कुपन्डोल कानदेउता थानबाट झन्डै सय मिटर अगाडि सानेपा जाने बाटोमा प्रदेश ३–०१–२२ च ८७६७ नम्बरको आरएभी ४ गाडीले बाटोमा रोकी राखेको फोर्ड गाडीलाई ठक्कर दिँदा उत्तानो परी बीच बाटोमा याे गाडी पल्टिएको छ । दुर्घटनावारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चालकको हातमा सामान्य चोट लागेको र उनी फरार रहेको प्रहरीले बताएको छ । प्रहरीको क्रेनले गाडीलाई उडाइ जाउलाखेल प्रहरी परिसरमा राखेको छ ।

The post कुपन्डोलको बीच सडकमा कसरी सम्भव भयो यो दुर्घटना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103127/