गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भोली तीन वटा अन्तराष्ट्रिय उडान

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं– भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने भएका छन् । शनिबार बिहान साढे ७ बजेदेखि देखि रातिसम्म यी उडान हुने गरी समय तोकिएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शनिबार बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरवेजको जहाज विमानस्थलमा अवतरण हुँदैछ । यो जहाज साढे ८ बजे फर्कने तालिका छ । यस उडानमा करिब फुल अक्कुपेन्सीमा यात्रु आउने उनले जानकारी दिएका छन् ।

यस्तै दिउँसो १२ बजे फ्लाइ दुबईको जहाज विमानस्थल आउने तयारी रहेको छ । उक्त जहाज भैरहवा अवतरण गरी काठमाडौं जाने तिवारीले जानकारी दिए । े काठमाडौंबाट थप यात्रु लगेर उक्त जहाज दुबई फर्कनेछ ।

यस्तै शुक्रबारका लागि निर्धारित नेपाल एयरलाइन्सको जहाजको उडान समेत शनिबारलाई सारिएको छ । यो जहाज काठमाडौंबाट भैरहवा अवतरण गरी दुबई उड्ने छ ।

उडानहरू प्रारम्भिक भएको र यात्रु अभ्यस्त नभएका कारण अन्य उडानमा भने धेरै यात्रु छैनन् । जजिराले भने यसअघि पनि उडान गरिसकेका कारण सो कम्पनीले राम्रो यात्रु पाइरहेको छ ।

Source : https://onlinetvnepal.com/2024/11/185751/