चिलिमे–त्रिशूली प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा
काठमाडौं। मुलुकभित्रको बिजुली प्रवाहका लागि महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो। यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन […]