जर्मनीले नेपाललाई एक अर्ब ४६ करोड रुपैयाँ अनुदान दिने, विद्युत् विकासमा खर्च हुने
काठमाण्डाै – विद्युत् विकासका लागि जर्मनीले नेपाललाई एक करोड युरो अर्थात् एक अर्ब ४६ करोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्ज र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय तथा सहयोग महाशाखाका सहसचिव धनीराम शर्माबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको हो । यो अनुदान रकम नेपाल विद्युत् प्राधिकरणमार्फत् विद्युत् वितरण सुदृढीकरण परियोजनामा खर्च हुनेछ । नेपालको विद्युत् वितरण संरचना सुदृढ गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग...
Source : https://ujyaaloonline.com/story/109015/2024/11/19/germany-will-grant-1-bn-46-mn-rupees-to-nepal