डिजिटल प्लेतफर्ममा भजन शिरोमणिको जीवनकथा

काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ दर्शकका लागि डिजिटल प्लेटफर्ममा आएको छ । संसार भरिका दर्शकहरुले हेर्न पाउने उदेश्यले यसलाई युट्युव सहितको डिजिटल प्लेटफर्ममा रिलिज गरिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रलाई केही महिना अघि चलचित्र घरमा आएको थियो । हुन त १३ वर्षअघि नै पहिलो पटक यो चलचित्र प्रदर्शनी गरिएको थियो । आचार्यलाई भजन शिरोमणिप्रति श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले गत ७ असारबाट पुनः चलचित्र घरमा प्रदर्शन गरिएको थियो । गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको हो ।

त्यसपछि पनि दर्शकले यसलाई हेर्ने चाहना व्यक्त गरेकाकारण बुधवारदेखि यो चलचित्र यूट्युबमा रिलिज गरिएको यसका निर्देशक प्रशान्त रसाईलले बताए छन् । यसलाई ओएसआर डिजिटलको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गायक सत्यराज आचार्यले यो चलचित्रमा उनका बुवा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरेका छन् । २०६८ असोज ६ गते पहिलो पटक सिनेमा हलमा प्रदर्शन गरिएको यो चलचित्रलाई पुनः सम्पादन गरी प्रदर्शनमा ल्याइएको सत्यराज आचार्यको भनाइ छ ।

यो चलचित्रमा गायक भक्तराज आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको छ । यो चलचित्रमा गायक सत्यराज आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।

The post डिजिटल प्लेतफर्ममा भजन शिरोमणिको जीवनकथा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103801/