दशैंमा गाउँ नै रमाइलो….
म्याग्दी। खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला। वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश। हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला। रातोमाटो र कमेरो पोतेर रंगिएका घर। लिंगे र रोटेपिङमा मच्चिदाँको आनन्द। अचेल यस्तै छ म्याग्दीका गाउँघरको माहोल। सहर बजार र विदेशिएकाहरू दशैं पर्व मनाउन जन्मथलो फर्किएपछि म्याग्दीका यहाँका बस्ती गुञ्जायमान छन्। अन्नपूर्ण गाउँपालिका-७ घराम्दीका […]