नासाले आउँदो जनवरीमा अर्को एउटा छुद्र ग्रहको अनुगमन गर्ने

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आउँदो जनवरीमा अर्को एउटा छुद्र ग्रहको अनुगमन गर्ने भएको छ । सन् २०२५ अर्थात् आउँदो जनवरीमा पृथ्वी नजिकै भएर यात्रा गर्नेे पीटी–५ नामक छुद्र ग्रहको अनुगमन अर्थात् 'ट्र्याक' गर्न लागिएको नासाका वैज्ञानिकलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । नासाले आफ्नो गोल्डस्टोन सौर्यमण्डलको राडार प्रयोग गरेर क्षुद्र ग्रहलाई नजिकबाट ट्र्याक गर्ने योजना बनाएको छ । यो छुद्र ग्रह पृथ्वीका लागि खतरा भने होइन । पृथ्वी र चन्द्रमाको दूरीभन्दा पाँच गुणा टाढाबाट यसले यात्रा गर्ने खबरमा उल्लेख ...

Source : https://ujyaaloonline.com/story/107395/2024/10/3/nasa-will-monitor-another-asteroid-next-january