निर्माण व्यवसायीकाे २० अर्ब रुपैयाँ भुक्तानी भएकाे छ : अर्थमन्त्री पाैडेल

काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज निर्माण व्यवसायी महासङ्घको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले व्यवसायीहरूले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिबद्धता अनुरूप नै निरन्तर रूपमा भुक्तानी भइरहेको बताउनुभयो । उहाँले अहिले पनि प्रक्रिया पूरा गरेर आएका निर्माण व्यवसायीहरूको भुक्तानी नरोकिएको दाबी गर्नुभयो । मन्त्री पाैडेलले निर्माण व्यवसायीहरूले सरकारबाट पाउनुप...

Source : https://ujyaaloonline.com/story/107365/2024/10/2/payment-of-20-billion-rupees-to-builders